टिकटक चल्न थाल्याे, प्रतिबन्ध हट्याे
No ads found for this position
No ads found for this position
काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।
यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । यसअघि २०८० कात्तिकमा सरकारले टिकटकमाथि प्रतिवन्ध लगाएकाे थियाे ।
प्रतिक्रिया