लेदोसहितको पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
No ads found for this position
No ads found for this position
काठमाडौं- सोमबार साँझ ६ बजेदेखि अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ।
प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले अवरुद्ध भएको राजमार्ग ११:३० बजे बाट एकतर्फी र साढे विहान १ बजे दुईतर्फी बाटो खुला भएको हो।
भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया