इन्दिरा रानालाई उपसभामुखबाट हटाउने सत्तापक्षको तयारी

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ दलहरूले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर उपसभामुखउपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्।

उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका छन्।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै हटाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । राजीनामा नआए आजै आचरणविपरीत कार्य गरेको प्रस्ताव दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।

असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसाका लागि दूतावासलाई पत्र लेखेपछि उनि विवादमा आएकि हुन् । उनलाई हटाउँदा संवैधानिक परिषद्मा पनि सत्ता गठबन्धनलाई अनुकूल हुने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *