युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार इकु पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं। कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए।

कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।
पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *