भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

No ads found for this position
No ads found for this position

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो ।

नदीबाट निकालिएको गाडी बा. २० च. २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी शुरु गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *