वार्षिकोत्सवमा सगरमाथा इन्जिनियरिङ कलेजद्वारा वृक्षारोपण

No ads found for this position
No ads found for this position

काठमाडौँ- सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजले शनिबार वृक्षरोपण गरेको छ ।

कलेजको १४ औं वार्षिकोत्सवको अवसर पारेर कलेजले बल्खु तथा सानेपा वरपर रहेको विष्णुमती खोला किनारामा वृक्षारोपण गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट कलेज सञ्चालनको लागि १४ वर्षअघि भदौ २९ गते सम्बन्धन प्राप्त गरेको थियो । सोही दिनलाई आधार मानेर हरेक वर्ष भदौ २९ गते वार्षिकोत्सव मनाउँदै आएको कलेजका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए ।

वार्षिकोत्सव अवसरम बोल्दै अध्यक्ष श्रेष्ठले कलेजले विद्यार्थीलाई स्तरिय इन्जिनियरिङ शिक्षा दिइरहेको बताउँदै आउने दिनमा यसलाई अझै गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरे  ।

नेपालको इन्जिनियरिङको पढाई दक्षिण यसियामै उत्कष्ट रहेको बताउँदै श्रेष्ठले यस क्षेत्रमा लाग्नुभएको सबैको सहकार्यबाट यो सम्भव रहेको बताए ।

कलेजका प्राचार्य दक्षिण श्रेष्ठले कलेजले विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताए । इन्जिनियरिङ क्षेत्रमै लामो समय अनुभव हाँसिल गरेका व्यक्तिहरु आवद्ध भएका कारण सगरमाथा इन्जिनियरिङ कलेज विद्यार्थीको रोजाईमा परेको उनले बताए  ।
सन् २०१० मा स्थापना भएको यस कलेजले स्नातक तहतर्फ इन्जिनियरिङतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ विषयको पढाई सञ्चालन गरिरहेको छ भने इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पढाई सञ्चालन गर्ने तयारी गरेको छ ।

कलेज सञ्चालनमा अनुभवी तथा सम्बन्धित क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरु संलग्न छन्  ।

यसबाहेक त्रिविकै सम्बन्धनमा स्नातह तहमै बीएस्सी सिएसआइटी र बीसीए तहको पढाई पनि सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *