प्रधानमन्त्रीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।

यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ । ‘हिंसा’ शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *