नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

No ads found for this position
No ads found for this position

काठमाडौं- नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।

आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय