महिला भलिबल: काठमाडौंले गण्डकीलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौंले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो ।

योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *