मेक्सिको हुँदै अमेरिका अमेरिका छिर्न खोज्नेमाथि सेनाले चलायो गोली, मृत्यु हुनेमा नेपाली पनि

No ads found for this position
No ads found for this position

काठमाडौं- मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने अवैध आप्रवासीहरुलाई मेक्सिकाको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

उत्तरी ग्वाटेमालाको सीमा क्षेत्रमा मंगलबार सैनिकले अवैध रुपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरुलाई गोलि चलाएको हो। सैनिकले चेकपोस्टमा गाडी रोक्न खोज्दा चालकले जबर्जस्ती गाडी कुदाएकाउँदा सेनाले गोलि चलाएको थियो ।

मृत्यु हुनेमा नेपाल, इजिप्ट, क्युबा, भारत र पाकिस्तानका नागरिक रहेका छन्। उनिहरुको पहिचान भने खुलाइएको छैन।

सेनाले गाडीमा रहेका अन्य १७ जनालाई पक्राउ गरेर अध्यागमनको जिम्मा लगाइएको बताइएको छ। मेक्सिको हुँदै अमेरिका छिर्न खोज्न आप्रवासीलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय