गल्छिमा सुविधा सम्पन्न क्राउन रिसोर्ट सञ्चालनमा

No ads found for this position
No ads found for this position

काठमाडौँ- धादिङको गल्छी गाउँपालिका ४ मासटारमा ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ । सुविधासम्पन्न यस रिसोर्ट ८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

स्थानीय युवा व्यवसायीहरु केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा रिसोर्ट निर्माण भएको हो । रिसोर्टमा करिव १५ करोड रुपियाँ लगानी भएको प्रबन्ध निर्देशक दीपक अधिकारीले बताए ।

अधिकारीका अनुसार रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र पर्यटकहरुका लागि विशेष सेवासुविधाहरु उपलब्ध रहेका छन् ।

रिसोर्टमा एकै पटकमा पाँच सय जना पाहुनालाई खाना खुवाउने क्षमता रहेको छ । उनका  अनुसार रिसोर्टमा पर्यटकहरुलाई उच्चस्तरका सेवा सुविधाहरु उपलब्ध छन् । सञ्चालकहरुका अनुसार एकरातमा करिब ५० जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठामा एसी जडान गरिएको छ ।

रिसोर्टमा स्विट, स्ट्यान्डर्ड डिलक्स र डिलक्स गरि १५ वटा कोठा उपलब्ध छन् । रिसोर्टमा पर्यटकको सुविधाका लागि कन्फ्रेन्स हल, स्वीमिङ पुल, कफि सप तथा बारको समेत सुविधा रहेको छ ।

बच्चाहरुका लागि मनोरञ्जनयुक्त स्थान तथा बगैँचाको सुविधा रिसोर्ट परिसरमा रहेको छ ।

सेवाग्राहीको हितलाई ध्यानमा राखेर रिसोर्ट व्यवस्थापनले आगामी दिनमा अझै सुविधा विस्तार गर्दै जाने योजना बनाएको अधिकारीले बताए  ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *