स्याङ्जाबाट पोखरा जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाइते

No ads found for this position
No ads found for this position

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्क स्तित आँधीखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जीपको ब्रेक फेल भएर सडकको कुनामा नालीमा पल्टिएको प्रहरीले बताएको छ । जिपमा चालकसहित ८ जना सवार थिए।

घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाई, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन्। मनीषा भने सकुशल छिन्।

घाइतेहरूलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय