सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

No ads found for this position
No ads found for this position

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा चालक सहित १५ यात्रु घाइते भएका छन्। बा ५ ख ६६१८ नम्बरको उक्त माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हो ।

माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैँचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका- ५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली र मोरङकै लोटाङ -१ का दिपेश राई घाइते भएका छन् ।

यस्तै दुर्घटना परि मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङ्वरक गाउँपालिका- ४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका-८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका -६ का तिरबहादुर लिम्बु पनि घाइते भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय