अवैध लागूऔषधसहित दुई जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौँ । प्रहरीले मकवानपुर र धनकुटाबाट अवैध लागूऔषधसहित एक-एक जनालाई पक्राउ गरेको छ ।

जसमा मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ जोरपाटीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय बिनोद राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *