मन्त्री अधिकारीको सबै दाबि झुटो, मानवतस्करमा संलग्न भएको आसंका

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ ।

उनले भ्रमण दलमा ‘नक्कली व्यक्तिहरू’ सहभागी भएको दाबी गरेपनि उनको सो दाबी झुटो भएको खुलेको हो ।

जापानको अध्यागमनले मन्त्री अधिकारलाई प्रवेश अनुमति नै नदिई विमानस्थलबाट फिर्ता पठाएको खुलेसँगै उनको दाबि झुटो भएको खुलासा भएको छ ।

उनले बुधबार पत्रकार सम्मेलनमा आफैं फर्किएको दाबी गरेका थिए । जापानको अध्यागमन अधिकारीहरूले उनलाई पठाएको निमन्त्रणा पत्र र उनीसँग गएका व्यक्तिहरूप्रति गम्भीर आशंका गरेको थियो ।

मन्त्री अधिकारीको टोलीले जापानको अध्यागमन कानुन उल्लंघन गरेकोले फिर्ता गरिदिएको पाइएको छ । जापानको अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंकामा मन्त्रीसहितको टोलीलाई घन्टौं केरकार गरेको थियो ।

भ्रमणको औचित्य पुष्टि गर्न नसकेपछि अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंका गरेको र मन्त्री अधिकारीसहित सबैलाई डिपोर्ट गरिदिएको पाइएको छ ।

जापानको अध्यागमन अधिकारीहरूले उनीहरूलाई प्रवेश अनुमति नदिई (इन्ट्री रिफ्युज्ड) फिर्ता पठाएको थियो ।

मन्त्री अधिकारीको भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिना रहेका थिए । उनीहरूसँग मन्त्रालयको परिचयपत्र समेत रहेको थियो । उनहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै यो प्रकरणको खुलासापछि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीका अनुसार उनलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । तर, त्यही निम्तोप्रति जापानको अध्यागमन अधिकारीहरूले आशंका व्यक्त गरेको थियो ।

अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मको कार्यक्रममा सहभागी हुनेगरी आयोजकले बोलाएको उनको दाबी थियो । तर घटनाक्रम बाहिर आउदा मन्त्री अधिकारी मानवतस्करमा संलग्न भएको प्रष्ट भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय