रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।

रास्वपाले राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने माग सार्वजनिक गर्दै दोस्रो चरणको आन्दोलन गर्ने भएको हो ।

रास्वपाले आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे । मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

यस्तै रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने समेत माग गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *