उपनिर्वाचनलाई निष्पक्ष र शान्तीपूर्णरुपमा सम्पन्न गराउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

No ads found for this position
No ads found for this position

धनगढी । गृहमन्त्री रमेश लेखकले मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले उपनिर्वाचनलाई निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। उनले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो। तर, सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो । ‘

गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै भने,’तपाईंहरूले काम गरिराख्नु भएको छ तर, यत्तिले पुग्दैन थप क्रियासिलता र सक्रिय भएर काम गर्नुस्। सबै समस्या समाधान हुन्छन् ।’

उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *