अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्यो १ अर्ब
No ads found for this position
No ads found for this position
काठमाडौं । विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मन्त्रालयले आज एक प्रेस विज्ञप्ति मार्फत रकम जम्मा गरेको जानकारी दिएको हो।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषदले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
कोषमा जम्मा भएको रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया