सुनको मूल्य बढ्यो, तोलाको १ लाख ६३ हजार
No ads found for this position
No ads found for this position
काठमाडौं : आज बुधबार पनि बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुनको मुल्य आज ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ।
मंगलबार तोलामा सुनको मूल्य १ लाख ६२ हजार १०० रुपैयाँमा पुगेको थियो।
सुनको मूल्य बढेपनि चाँदी मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया