माफी माग्दै राजेन्द्र बजगाईंले फिर्ता लिए मन्त्री पाण्डेविरुद्धको अभिव्यक्ति
काठमाडौं । सामाजिक सञ्जालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीविरुद्ध निरन्तर लाञ्छनायुक्त टिप्पणी गर्दै आएका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले माफी मागेका छन् ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका मन्त्री बद्री पाण्डेले सांसद बजगाईविरुद्ध लिखित उजुरी दिएका थिए ।
कांग्रेसकबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद बजगाईले आफ्नो मानमर्दन र सामाजिक प्रतिष्ठा समाप्त पार्ने गरी अनर्गल आरोप लगाएको भन्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका थिए ।
बजगाईलाई पार्टीको अनुशासन विभागले लिखित स्पष्टिकरण मागेको थियो । मंगलबार मौखिम स्पष्टिकरण दिएका बजगाईले आज सामाजिक सञ्जालमा मन्त्री पाण्डेसँग माफी मागेका हुन् । उनले पार्टी सहमहामन्त्री एवं मन्त्री पाण्डेमाथि लगाएका आरोप फिर्ता लिँदै माफी मागेका हुन्।
‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु,’ बजगाईले लेखेका छन्।