२० महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ, मन्त्री हेरफेर हल्ला मात्र हो: गृहमन्त्री लेखक

No ads found for this position
No ads found for this position

धनगढी । गृहमन्त्री रमेश लेखकले २०८४ सम्म यो गठबन्धन कायम रहने दाबी गर्दै अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने बताएका छन्।

धनगढीमा आज प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले देउवा प्रधननमन्त्री बन्ने बताएका हुन्।

यस्तै उनले आवश्यकताअनुसार प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न सक्ने तर अहिले यो विषयमा कुनै कुरा नभएको बताए । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे।

गृहमन्त्री लेखकले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म यस विषयमा कुनै छलफल भएको छैन।’

यस्तै उनले प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको भन्ने जिज्ञासामा सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे।

गृहमन्त्री लेखकले भने, एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं।’

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको बताए।

उनले प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको र चीन भ्रमण पछि भारत भ्रमण गर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय