सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ फुटबलरका आफन्तले घेरे एन्फा, प्रहरीले दुर्व्यवहार गरेको आरोप (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । सिस्नेरी घटनामा ज्यान गुमाएका परिवारहरुले एन्फामा बिरोध अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय घेरेका छन् । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले आज एन्फाको कार्यालय घेराउ गरेका हुन्।

गत असोज १२ गते बाढी-पहिरोमा परी निधन भएका ६ फुटबलरका आफन्तहरूले एन्फा घेराउ गर्दा एन्फा कम्प्लेक्समा केहीबेर तनाव भएको छ । उनीहरूले किशोर फुटबलरको ज्यान गएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको थियो । कतिपय अभिभावकलाई प्रहरीले दुर्व्यवहार र लछारपछार पनि गरेको छ। प्रहरीले पीडित परिवारका उनीहरू गेटमा छिर्नबाट रोकेको थियो ।

यसअघि एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो। तर पीडित परिवारले आर्थिक सहयोग साथै घटनाको वास्तविकता सार्वजनिक गरी कारबाही पनि माग गरेका छन् । यसअघि गत कात्तिक ९ गते पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर गुहारेका थिए । त्यसबेला उनीहरूले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

एन्फाद्वारा सञ्चालित उक्त विद्यालयको होस्टेलका ६ जना किशोर फुटबलरको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *