सामाजिक सुरक्षा कोषले अब श्रमिकका श्रीमान-श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।

मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी दिए । उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष नकेटाका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।

अधिकारीले भने,‘औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भइसक्नुभएको छ । वैदेशिक रोजगारमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकहरु औपचारिक तथा अनौपचारिक श्रमिकहरुसहित १७ लाख ९४ हजार सात सय ४० श्रमिकहरु कोषमा आवद्ध भइसकेको अवस्था छ । यो हिजोको तथ्यांक हो ।’

यस्तै कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाहरु अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रुपमा अगाडि बढिरहेको उनले बताए ।

उनले भने,‘आजसम्म कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको अवस्था छ । ’

विश्वका असल अभ्यासहरुलाई आत्मसाथ गर्दै कोषले सामाजिक सुरक्षाको प्रभावकारीतालाई मध्यनजर गर्दै अगाडि बढिरहेको उनले बताए। उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए। उनले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *