बाला चतुर्दशीमा पशुपति क्षेत्रमा मदिरा बेच्न प्रतिबन्ध

No ads found for this position
No ads found for this position

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वमा कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ।

पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि पसल राख्न निषेध गरिएको कोषले जानएको छ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषले जानएको छ। तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही हुने भएको छ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ।

नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ। शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ-आफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ।

पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *