एनपीएलमा आज चितवन-कर्णाली र लुम्बिनी-पोखरा मैदानमा उत्रँदै
काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९ : १५ बजेबाट सुरू हुनेछ ।
यस्तै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह १ : १५ बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा पोखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् ।
एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको प्रतियोगितमा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।