कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह

No ads found for this position
No ads found for this position

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताए ।

उनले भने, ‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्‍यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पोल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *