सरकारको कामबारे छलफल गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् ।
सभापति देउवाले बिहीबार बिहान बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कार्यसमिति सदस्य र मन्त्रीहरूलाई बैठकमा बोलाएका हुन् ।
पछिल्लो समय ओली नेतृत्वको सरकारको कामबारे प्रश्न उठिरहेको छ । सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ ।
कांग्रेसकै नेताहरू शेखर कोइराला र एनपी साउदसहितले यहीँ तरिकाले सरकार चलिरहे जनतामा असन्तुष्टि बढ्दै जाने बताइरहेका छन् । यहीँ सन्दर्भमा कांग्रसबाट मन्त्री भएकाहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको हो ।
प्रतिक्रिया