रास्वपा प्रति गोकुल बास्कोटाको टिप्पणी- बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति समामाजिक सञ्जाल फेसबुकमार्फत कटाक्ष गरेका छन् ।

उनले आज फेसबुकमार्फत रास्वपा कार्यकर्ताले हिजो काठमाडौं जिल्ला अदालत परिसरमा गरेको गतिविधिप्रति लक्षित गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन् ।

हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण भएको थियो।

बास्कोटाले फेसबुकमा लेखेका छन्– ‘न्याय मरेको छैन भन्थे, अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माईक टाईसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *