जनकपुरको बिग मार्टमा आगलागी, सम्पूर्ण सामान जलेर नष्ट

No ads found for this position
No ads found for this position

धनुषा- जनकपुरको बिग मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए।

सञ्चालक रायले भने,’हामीहरू मार्टको दोस्रो तलामा बसिरहेको थियौँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।’ -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *