परिवर्तनशील र अराजक संसारमा चीन-अमेरिका एकापसमा मिल्नुपर्छ: राष्ट्रपति सी जिनपिङ

No ads found for this position
No ads found for this position

‘चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ’

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् । बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले यस्तो बताएका हन्।

वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन् ।

‘परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्नेछ’, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुमरसँगको भेटमा सीले भने ,’हामीसँग चीन-अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु ।’

उनले चीन-अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए ।

जवाफमा सुमरले राष्ट्रपति सीसँग भने, ‘हाम्र मुलुकहरूले यो शताब्दीलाई आकार दिनेछन्, त्यसैले हामीले हाम्रा सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्छ ।’

पछि सुमरले पत्रकारहरूसँग राष्ट्रपति सीसँग तोकिएको भन्दा दोब्बर ८० मिनेट कुराकानी भएको बताए ।

यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गरेका थिए ।

दियाउती स्टेट गेस्टहाउसमा सुमरसँगको भेटमा वाङले सिनेट प्रतिनिधिमण्डलको भ्रमणले दुई मुलुकबीचको मतभिन्नताहरूलाई तर्कसङ्गतरूपमा व्यवस्थापन गर्न र दुई मुलुकबीचको सम्बन्धलाई स्वस्थ विकासको मार्गमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेको बताएका थिए । -रासस/एएफपी



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *