खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक
No ads found for this position
No ads found for this position
काठमाडौं- मोरङ क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।
लेटाङ-६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।
सात छोरा र पाँच छोरी रहेकी हंसनुमा कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन्। उनको पार्थिव शरीर धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने छ।
प्रतिक्रिया