कोशी प्रदेशका मुख्यमन्त्रीले पाए दुई तिहाइ बढी विश्वासको मत
No ads found for this position
No ads found for this position
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो ।
राप्रपाका एक सांसद अनुपस्थित रहे ।
प्रतिक्रिया