लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
No ads found for this position
No ads found for this position
काठमाडौं- सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका छन् ।
देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सदनमा ध्यानाकर्षण गराएका थिए।
सांसदहरुको पटक-पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन्।
प्रतिक्रिया