पुस ५ देखि लेखनाथ महोत्सव हुने

No ads found for this position
No ads found for this position

काठमाडौं-  पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ ।  संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने भनाई राखे ।

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय