स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्छौ: उद्योग मन्त्री रिजाल

No ads found for this position
No ads found for this position

काठमाण्डौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालको बताएका छन् ।

शुक्रबार वर्ल्ड मार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन) अवलोकनको क्रममा मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिए ।

मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवर्द्धनमा लाग्ने पनि बताए ।

‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरुका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं।’ मन्त्री रिजालले भने ‘प्याकेजिङमा सुधार गर्दे नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो ।’ मौलिक बजार तथा मौलिक भान्छाघरले नेपाली उत्पादन र बजारीकरणको क्षेत्रमा नयापन सुरु गरेको समेत उनले बताए ।

अवलोकनको क्रममा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्य अनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामान संकलन भइ बजारीरण सुरु भएको जानकारी दिए । साथै मन्त्रालयको समेत सहजीकरण हुने हो भने गाउँ-गाउँका मौलिक एवंम रैथाने उत्पादनको बजारीकरणमा आफुले सबै पालिकासँग काम गर्न सकिने बताए ।

कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारसँगको सहकार्यमा बाँझो रहित पालिका बनाउन सकिने बताए । स्वदेशी उत्पादन वृद्धि गर्नका लागि विद्यालय तहमा नै विद्यार्थीलाई परिचालन गर्दे जान सकिने उहाँको तर्क रहेको छ ।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७ सय ५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गते देखी ७ गते सम्म २ हजार भन्दा बढी आगन्तुक भित्राउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो । कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *