यू-१९ विश्वकप: भारतविरुद्ध उत्रिँदै नेपाल, यस्तो छ विगतको नतिजा

No ads found for this position
No ads found for this position

काठमाडौं- जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ ।

नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।

सुपर सिक्सको समुह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।

आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *