बाढी बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
No ads found for this position
No ads found for this position
काठमाडौं- पूर्वी पहाडी जिल्लाहरुमा निरन्तर परेको पानीले सप्तकोशी नदीमा पानीको उच्च बहाव बगेको छ ।
मङ्गलबार बिहान चार बजे चार लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । बिहान छ बजे गरिएको मापन अनुसार कोशी नदीमा चार लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
कोशी ब्यारेजमा रहेका ५६ वटै ढोका अहिले खोलिएको छ । पानीको मात्रा अत्याधिक बढेपछि व्यारेज हुँदै आवत जावत गर्न बन्द गरिएको छ ।
प्रतिक्रिया