सातौ ‘सिने सर्कल अवार्ड-२०८०’ बैशाखमा हुने

No ads found for this position
No ads found for this position

काठमाडाैं, २२ फागुन । सिनेमा सर्कल नेपालको आयोजनामा विगत सात वर्ष देखि निरन्तर हुँदै आइरहेको ‘एलजी सिने सर्कल अवार्ड २०८०’ आगामी बैशाखमा आयोजना गर्ने घोषणा गरेकाे छ ।

सिनेमा सर्कल नेपालको आयोजना र दि दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा अवार्डको आयोजना हुँदै आएको छ । सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले फेसबुक मार्फत घोषणा गरेका हुन् । २०८० सालमा प्रदर्शन भएका सम्पुर्ण सिनेमाले निशुल्क सहभागीता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।
२१ विधामा अवार्ड हुने कार्यक्रममा एक जना बरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
विगत जस्तै यसवर्ष पनि उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, द्धन्द्व निर्देशक, पाश्र्वगायिका, पाश्र्वगायक, पटकथा, पाश्र्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेन्डेबल मूभि, भीएफएक्स, स्टन्ट, चर्चित गीत, ट्रेलर र पोस्टर समावेश लगायतका विद्या समावेश गरिएका छन् ।
सिनेमा सर्कल नेपालले सिनेकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु सहित नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थितिमा विगतका वर्षमा झैँ यो बर्ष पनि केहि फरक ढंगले अवार्ड प्रदान गरिने तयारी आयोजक संस्थाको छ ।
नेपालमा चलचित्र क्षेत्रको श्रीवृद्वीको उद्धेश्यले थुप्रै संघ, संस्था, तथा निजि क्षेत्रहरुले अवार्ड गर्दै आएपनि चलचित्र विकास बोर्डको ‘राष्ट्रीय चलचित्र पुरस्कार’ र सिनेमा सर्कल नेपालको ‘सिने सर्कल अवार्ड ‘ भने निरन्तर हुँदै आइरहेको छ ।

नेपालमा चलचित्र क्षेत्रको श्रीवृद्वीको उद्धेश्यले थुप्रै संघ, संस्था तथा प्राईभेट कम्पनीहरुले अवार्ड गर्दै आएपनि चलचित्र विकास बोर्डको ‘राष्ट्रीय चलचित्र पुरस्कार’ र सिनेमा सर्कल नेपालको ‘सिने सर्कल अवार्ड ‘ भने निरन्तर हुँदै आइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *