प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे : नेपाली कांग्रेस

No ads found for this position
No ads found for this position

काठमाडौँ -नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाउँदा देखाएका कारण काल्पनिक भएको टिप्पणी गरेको छ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले नयाँ सत्ता समीकरण बनाएर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्नुपर्दाका कारणलाई काल्पनिक, कपोलकल्पित र तथाकथित रूपमा आफ्नो पार्टीले लिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले जानकारी दिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहालजीले गठबन्धनलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। उहाँले जुन कारणहरू भनिरहनुभएको छ ती अत्यन्त काल्पनिक, कपोलकल्पित र तथाकथित कारण देखाउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौँ,’ लेखकले भने।

कांग्रेसले गठबन्धनप्रति इमानदारिता देखाएको पनि दाबी गरे। प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातर्फ लगेको उनले दाबी गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *