नौमती बाजा प्रतियोगितामा उपत्यका समन्वय चाबहिल प्रथम
काठमाडौं- राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिले आयोजना गरेको नौमती बाजा प्रतियोगितामा सम्पन्न भएको छ ।
दोश्रो संस्थागत नौमती बाजा प्रतियोगिता २०८० को प्रथम हुनुका साथै नगद राशी तेत्तीस हजार तीन सय तेत्तीस सहित उपत्यका समन्वय चाबहिल समितिले हात पार्न सफल भएको छ ।
त्यसै गरी क्रमशः व्दितिय सुन्धारा समिती, तृतिय कमलादी समिति रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुनेहरुमा ढलकी सुदिप राज जैरु, चाबहिल समिति, ढलकी किरण बि.सि. कमलादी समिति, उत्कृष्ट ट्याम्को मान बहादुर परियार चावहिल समिति रहेको छ भने प्रोत्साहान हरि सुन्दास सुन्धारा समिती, सर्वोत्कृष्ट प्रस्तुति संस्थाका अध्यक्ष राम कुमार नेपाली चावहिल समिति रहेका छन् ।
मौलिक नौमती बाजा संरक्षण र प्रबर्धनको लागि यस्तो प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिदै जानै संस्थाका कोषाध्यक्ष अमृत भारतीले बताए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रकी अध्यक्ष रिता थापा मगर, संस्थाका पुर्ब अध्यक्ष दुर्गा रायमाझी, संस्था कै सांगाठानिक उपाध्यक्ष सुवाष केसी, सचिव पिएन सापकोटा लगायत बिभिन्न जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।