पूर्वाञ्चलमा सुगुपको सफलता
No ads found for this position
No ads found for this position
काठमाडौं – हङकङ र काठमाडौंको अपार सफलता पश्चात पुर्वाञ्चलमा ‘सुगुप’को प्रदर्शन भैरहेको छ ।
धरानको बराह हलमा गत शनिबार सुगुप हेर्ने दर्शकको उल्लेखनिय उपस्थिति रहेको थियो भने लाइट सिनेमा हल ईटहरी र बिराटनगर स्थित सेन्टर मल मल्टिप्लेक्समा हिजो सोमबार २८ फागुनमा भएको विशेष प्रदर्शनमा पनि दर्शकको भिड थामिनसक्नु रहेको सुगुपका प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले बताए ।
अधिकांस दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयलाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेको भन्ने प्रतिक्रिया पाएपछि नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीहरु माझ लिम्बु कथानक चलचित्र ‘सुगुप’ प्रदर्शन गरिने निर्देशक लोकेन साँवा लिम्बुले बताए ।
चलचित्र ‘सुगुप’मा यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, प्रेम सुब्बा, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बु लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भैरहेको हो ।
प्रतिक्रिया