नेपाल र आयरल्यान्डबीच आज दोस्रो भिडन्त

No ads found for this position
No ads found for this position

काठमाडौं- आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड वुल्भ्सबीचको दोस्रो अभ्यास खेल आज पनि हुँदैछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिउँसो १ बजे सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा पाहुना टोलीमाथि ६ विकेटको सहज जित निकालेको नेपाली टोली दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ।

उता आयरल्याण्ड भने नेपाललाई पराजित गर्दै दुई खेलको सिरिज बराबरी गर्ने योजनामा छ।

आयरल्याण्डसँगको दुई टी–२० खेलपछि नेपाली टोली फ्रेन्डसिप कपका भारत प्रस्थान गर्नेछ।

गुजरातको वापीमा नेपाली टोलीले बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डसिप कप खेल्नेछ। नेपालले १८ गते गुजरात र २० मा बरोडा सँग खेल्नेछ। यस्तै २१ गते पुनः गुजरात र २३ गते बारोडाविरुद्ध खेल्नेछ। फाइनल खेल २५ मा हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *