इलाम- २ मा माओवादीले एमालेलाई सघाउने, कांग्रेसले उम्मेदवार आज टुंगो लगाउँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- इलाम- २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने र एमालेलाई सहयोग गर्ने भएको छ ।

माओवादीले सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई उपनिर्वाचनमा समर्थन गर्ने सहमति भएको छ।

केन्द्रबाट निर्देशन आएपछि माओवादीबाट उम्मेदवार घोषणा गरेका धिरेन्द्र शर्माले नाम फिर्ता लिइ एमालेलाई सहयोग गर्ने निर्णय गरेका छन्।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

नेपाली कांग्रेसले उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ-आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन । उम्मेदवार घोषणा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम-२ को उम्मेदवार बनाउने पक्षमा छन् भने गगन थापा र शेखर कोइरा पक्ष भने भेषराज आचार्यलाई उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *