बैशाख ६ गते हुने ईशाराको कार्यक्रममा बिभिन्न कलाकारले प्रस्तुती दिने

No ads found for this position
No ads found for this position

काठमाडौं -चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट शुरु हुने भएका छन् ।

चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् ।

कलाकार इशाराले ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ आदि प्रहशन प्रस्तुत गर्ने भएका छन् । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएका छन् । ईशाराले बिगतमा मृगौला पिडित खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, राजेन्द्र राई, दोलखाकी कौसिका ठकुरी, झापाकी ललिता चाम्लीङ लगायतकालाई आर्थिक सहयोग उपलब्ध गराई सकेका छन् ।

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परेका दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताए ।

१४ औं एकल शो बैशाख ६ गते बिहिबार राष्ट्रिय नाचघर जमलबाट शुभराम्भ हुने कार्यक्रमलाई एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको संयोजक श्रृष्टि भूजेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा कलाकार ईशारालाई लोकप्रिया गायिका कुन्ती मोक्तान, सपन श्रेष्ठ, कला ईशारा राई, राजन लिम्बु, भक्त सुनुवार, मनबहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ आदिले साथ दिने भएका छन् भने महिला फुटबल खेलाडी प्रिती राईलाई समाजसेवी वीरमायाँ राई स्मृति २०८१ उत्कृष्ट सम्मान प्रदान गरिने छ ।

कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्राम देखि विभिन्न रोगबाट पिडितहरुको लागि आर्थिक सहयोग जुटाउदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *