म र टिमको गल्तीले दुर्घटनामा पर्यौं : विशाल भण्डारी

No ads found for this position
No ads found for this position

काठमाडौं- कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफू र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिङ्क एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्-  

जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घटनामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको  स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घटनाले हामीलाई र विशेष गरी मलाई धेरै कुरा सिकाएको छ र झक-झकाएको छ । आगामी दिनमा गल्ती कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पूर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रसारण लाई निरन्तरता दिँदै छौं । त्यही माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवश्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।

यही चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा.१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *