जासुसी गर्ने हाई प्रोफाइल अमेरिकन कूटनीतिकलाई १५ वर्ष जेल सजाय
न्युयोर्क- क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कुटनीतिकला १५ बर्षको जेल सजायँ सुनाइएको छ ।
बोलिभियाका लागि पुर्ब अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व कूटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको हो ।
अमेरिकन सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय भिक्टर म्यानुअल रोचाले ४० वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा क्युवाली सरकारलाई जानकारी दिएको पुष्टी भएको जनाएका छन् ।
गत फेब्रुअरीमा रोचाले मियामी अदालतमा आफु दोषी नभएको भन्दै दिएको निवेदनमा परिवर्तन गरेर आरोप स्विकार गरेका छन् । शुक्रबार जेलको लुगा लगाएका रोचाले मियामीको संघीय अदालतमा अन्तत भने, ‘म दोषी हुँ।’
जासुसी मुद्दामा जेल सजायँ भोगेको यो घटना अमेरिका र क्युबाबीच अहिलेसम्मकै उच्च प्रोफाइल हो। समाचार अनुसार १५ बर्षको जेल सजायँको अतिरिक्त रोचाले ५० हजार अमेरिकन डलर पनि जरिवाना पनि तिर्नु पर्नेछ ।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रोचाको अपराधलाई ‘विदेशी एजेन्टद्वारा अमेरिकी सरकारको सबैभन्दा उच्च पहुँच र लामो समयसम्म चल्ने घुसपैठहरू मध्ये एक’ भनेर उल्लेख गरेका छन् ।
कोलम्बियामा जन्मेका हार्वर्ड शिक्षित रोचाले २०१९ र २०२२ का बीच बोलिभियाका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेका थिए । साथै, अर्जेन्टिना, होन्डुरस, मेक्सिको र डोमिनिकन रिपब्लिकमा अन्य विभिन्न कूटनीतिक पोस्टिङमा पनि काम गरेका थिए । साथै, राष्ट्रिय सुरक्षा परिषदसहित अन्य सरकारी भूमिकाहरूमा पनि काम गरेका थिए ।
आफ्नो कूटनीतिक सेवा समाप्त भएपछि रोचाले कम्युनिष्ट क्युबा लगायत सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियनको निरीक्षण गर्ने अमेरिकी सेनाको दक्षिणी कमाण्डको सल्लाहकारको रूपमा सेवा गरेको अनुभव पनि उनीसँग रहेको छ ।