चेल्सीसँग एभर्टन ६-० गोलले पराजित
No ads found for this position
No ads found for this position
काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ ।
त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।
प्रतिक्रिया