यो गठबन्धन माघ कट्दैन, वैशाख १७ गते इलाममा ठुलो विजय र्‍याली हुनेछ: गगन थापा

'वैशाख २० गते माला लिएर डम्बर खड्कालाई स्वागत गर्न संसद् भवन भित्र बस्नेछौं'

No ads found for this position
No ads found for this position

काठमाडौं- इलाम- २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन इलाम पुगेका कांग्रेस महामन्त्री गगन थापाले एमाले र माओवादीको यो गठबन्धन माघ महिना सम्म नकट्ने ठोकुवा गरेका छन् ।

इलाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यो गठबन्धनले २०८१ को माघ कटाएछ भने यहीँ उभिएर जवाफ दिन आउने बताए। उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

उनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौँ  तर हाम्रो चाहनाले मात्रै भएन । आज एमाले र माओवादी जोडिएर फेरि आउनुभएको छ । आज वैशाख ८ गते म यहाँ उभिएर भन्दैछु . यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’

उनले इलामको यो चुनावले सबै पहिचानाइ सम्मान गर्दै सबै जातजातिलाई समेटेर लैजाने बताए । यस्तै उनले इलामको यो निर्वाचनको परिणामले तागत र विश्वास दिने बताए ।

उनले भने, ‘सम्पूर्ण इलामका मतदाताहरूलाई यो निर्वाचनले दिने सन्देशले सिङ्गो देसलाई एउटा नयाँ धारणा लिएर जाने छ । यो निर्वाचनले सरकार दिन्न । यो निर्वाचनले सांसद र सन्देश दिन्छ । यो सन्देश वैशाख १५ गते पछि नेपालले प्राप्त गर्छ । वैशाख १५ गते यहाँ चुनाव हुन्छ र १७ गते इलाममा ठुलो विजय र्‍याली हुन्छ । २० गते हामी माला लगाएर संसद् भवन भित्र डम्बर खड्कालाई स्वागत गर्न बस्नेछौँ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *