कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।

संघीय संसद सचिवालयले बुधवार एक सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो ।

गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।

गुरुङमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्धाको अन्तिम किनारा नभएसम्म स्वत: निलम्बन गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *