बझाङको मतगणना १ बजेदेखि सुरु हुने

No ads found for this position
No ads found for this position

धनगढी- बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि सुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *